नियम १४
सहकारी संस्थाले उच्चोग दर्ता गर्न सक्ने
(१) प्रचलित कानूनबमोजिम दर्ता भई सञ्चालनमा रहेका देहायका सहकारी संस्थाले ऐनको दफा १७ को उपदफा (५) बमोजिम उद्योग दर्ता गर्न चाहेमा ऐन तथा यस नियमावली र त्यस्तो संस्थाको विनियमको अधीनमा रही उद्योग दर्ता गर्न सक्नेछन्‌:-

(क) उत्पादक सहकारी संस्था वा सङ्घ, (ख) उपभोक्ता सहकारी संस्था वा सङ्घ, (ग) श्रमिक सहकारी संस्था वा सङ्घ, वा (घ) बहुउद्देश्यीय सहकारी संस्था वा सङ्घ ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बचत तथा क्रण सम्बन्धी कारोबार गर्ने वित्तीय सहकारी संस्था वा सङ्घले उद्योग दर्ता गर्न पाउने छैन।

(३) उपनियम (१) बमोजिम उद्योग दर्ता गर्न चाहने सहकारी संस्थाले देहायका कागजात संलग्न गरी अनुसूची-१ बमोजिमको ढाँचामा उद्योग दर्ता गर्ने निकायमा निवेदन पेश गर्नु पर्नेछ:-

(क) सहकारी संस्थाको विनियमको प्रतिलिपि,

(ख) उद्योग सञ्चालन गर्ने सम्बन्धमा साधारण सभाबाट भएको निर्णयको प्रमाणित प्रतिलिपि,

(ग) निवेदन दिन प्रतिनिधि नियुक्त गरेको भएमा सोको अख्तियारी पत्र,

(घ): उद्योग स्थापना हुने स्थानीय तहको सिफारिस,

(ङ) सहकारी संस्थाको अघिल्लो आर्थिक वर्षसम्मको लेखापरीक्षण प्रतिवेदन,

(च) शेयर सदस्यहरूको शेयर लगत सहितको विवरण।